Citizen Charter
नेपाल इन्जिनियरिङ्ग परिषद्
मीनभवन, काठमाडौँ
नागरिक वडापत्र (Citizen Charter)| सि.नं. | कार्यहरू | आवश्यक कागजातहरू | सम्पादन गरिने अवधि | लाग्ने शुल्क | सम्पर्क शाखा र कर्मचारी | निर्णायक निकाय | उजुरी सुन्ने |
|---|---|---|---|---|---|---|---|
| १ | साधारण दर्तावाला इन्जिनियरहरूको नाम दर्ताको लागि परीक्षा लिने | एस.एल.सी. देखि बि.इ. सम्मका सम्पूर्ण प्रमाणपत्र, ट्रान्सक्रिप्ट, मार्कसिट, चारित्रिक प्रमाणपत्र (विदेशी शिक्षण संस्थामा अध्ययन गरेको हकमा नेपालको सम्बन्धित निकायको समकक्षताको प्रमाणपत्र), नागरिकताको प्रमाणपत्र, १ प्रति पासपोर्ट साइजको फोटो सहित नोटरी पब्लिकले प्रमाणित गरेको अनलाइन मार्फत निवेदन दिनुपर्ने । | परीक्षा संचालन गरी परीक्षाफल प्रकाशित पश्चात् परिषद्को बैठकको निर्णयानुसार |
प्रतिलिपि:
|
रजिष्ट्रेशन शाखा / रजिष्ट्रेशन सहायक | परिषद् | रजिष्ट्रार |
| २ | व्यावसायिक इन्जिनियर (PEngg) हरूको नाम दर्ता | इन्जिनियरिङ्ग पेशामा अनुभव प्राप्त भएको, इन्जिनियरिङ्ग देखि मास्टर लगायत माथिल्लो डिग्रीको सम्पूर्ण प्रमाणपत्र, ट्रान्सक्रिप्ट, मार्कसिट, चारित्रिक प्रमाणपत्र, बायोडाटा, परिषद्को साधारण दर्तावाला इन्जिनियरिङ्गको स्थायी नाम दर्ता प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, ३ वटा पासपोर्ट साईजको फोटो र निवेदन (१/१ प्रति फोटोकपी नोटरी पब्लिकले प्रमाणित गरेको) । | परिषद्को बैठकको निर्णयानुसार |
|
रजिष्ट्रेशन शाखा / इन्जिनियर | परिषद् | रजिष्ट्रार |
| ३ | गैर नेपाली दर्तावाला इन्जिनियरहरूको नाम दर्ता | मान्यता प्राप्त शिक्षण संस्थाबाट इन्जिनियरिङ्ग विषयमा स्नातकोपाधि प्राप्त गरेको प्रमाणपत्र, कम्तीमा १० वर्ष काम गरेको अनुभव प्रमाणपत्र, सम्बन्धित संस्थाको सिफारिस, राहदानी वा सरकारी निकायबाट जारी भएको परिचयपत्र, ३ वटा फोटोहरू र निवेदन । | परिषद्को बैठकको निर्णयानुसार |
|
रजिष्ट्रेशन शाखा / रजिष्ट्रेशन सहायक | परिषद् | रजिष्ट्रार |
| ४ | इन्जिनियरिङ्ग कलेजहरूको स्नातक तहको अस्थायी/स्थायी मान्यता तथा नियमित अनुगमन | परिषद्को इन्जिनियरिङ्ग शिक्षण संस्थाको स्नातक तहको मान्यता तथा अनुगमन विनियमावली २०८१ को अनुसूचीहरूमा उल्लेख गरिएका कागजातहरू । | नतोकिएको |
१. आवेदन शुल्क: रु. ४०,०००/-
(क) नयाँ संस्थाको अस्थायी मान्यता, (ख) कार्यक्रम/विद्यार्थी संख्या थप, (ग) स्थायी मान्यता
२. निरीक्षण/अनुगमन शुल्क:
रु. ५०,०००/- + रु. १०,०००/- प्रति विद्यार्थी संख्या-कक्षा (स्वीकृत क्षमता)
३. मान्यता शुल्क:
४. मान्यता निरन्तरता शुल्क:
रु. ५०,०००/- प्रति विद्यार्थी कक्षा-संख्या (स्वीकृत क्षमता)
* अस्थायी मान्यता प्रत्येक वर्ष र स्थायी मान्यता प्रत्येक २ वर्षमा अनुगमन गराउनु पर्नेछ ।
|
प्रशासन | परिषद् | रजिष्ट्रार |
| ५ | इन्जिनियरिङ्ग कलेजहरूको स्नातकोत्तर तहको अस्थायी/स्थायी मान्यता तथा नियमित अनुगमन | परिषद्को इन्जिनियरिङ्ग शिक्षण संस्थाको स्नातकोत्तर तहको मान्यता तथा अनुगमन विनियमावली २०८१ को अनुसूचीहरूमा उल्लेख गरिएका कागजातहरू । | नतोकिएको |
१. आवेदन शुल्क: रु. ४०,०००/-
(क) नयाँ संस्थाको अस्थायी मान्यता, (ख) कार्यक्रम/विद्यार्थी संख्या थप, (ग) स्थायी मान्यता
२. निरीक्षण/अनुगमन शुल्क:
रु. ५०,०००/- + रु. १०,०००/- प्रति विद्यार्थी संख्या-कक्षा (स्वीकृत क्षमता)
३. मान्यता शुल्क:
४. मान्यता निरन्तरता शुल्क:
रु. ३०,०००/- प्रति विद्यार्थी कक्षा-संख्या (स्वीकृत क्षमता)
* अस्थायी मान्यता प्रत्येक वर्ष र स्थायी मान्यता प्रत्येक २ वर्षमा अनुगमन गराउनु पर्नेछ ।
|
प्रशासन | परिषद् | रजिष्ट्रार |
परिषद्को उल्लेखित कार्यहरूमा ढिलासुस्ती वा अन्य कुनै कारणबाट समयावधि भित्र कार्य सम्पादन हुन नसकेमा यस परिषद्का अधिकृतहरू मार्फत जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।
नोट: यस परिषद्सँग सम्बन्धित कार्यहरुको लागि आवश्यक प्रमाणपत्रहरूको छायाँप्रति (फोटोकपी) हरू नोटरी पब्लिकबाट प्रमाणित गर्नुपर्नेछ ।
